अर्जुनधारा, वैशाख १९ । अर्जुनधारा नगरपालिकाका मेयर पदका प्रत्यासी बलदेव गोम्देन तामाङले आफ्नो चुनावी प्रतिबद्धता राजनिति मात्र नभई अर्जुनधाराको मुहार फेर्ने अभियान भएको बताएका छन् ।
आइतबार नेकपा एमाले अर्जुनधाराले ११ नम्बर वडामा गरेको मतदाता भेटघाट तथा चुनावी कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदका प्रत्यासी गोम्देनले आफुहरुको चुनावी प्रतिबद्धता राजनिति मात्रै नभई नगरपालिकाको मुहार फेर्ने अभियान भएको बताएका हुन् ।
उनले एमालेका उम्मेद्वारलाई विजय गराई समृद्ध र नमुना नगर बनाउने अभियानमा जोडीन ११ नम्बर वडाका मतदाताहरुलाई आग्रह समेत गरेका थिए ।