Logo

चुनावी माहोलबीच ६ महिनामा करिब ६ लाख नेपाली रोजगारीका लागि विदेशिए, ठगीका उजुरीमा तीव्र वृद्धि



काठमाडौं, १३ माघ । देशमा आमचुनावको तयारीसँगै राजनीतिक सरगर्मी बढिरहेका बेला पनि रोजगारीको खोजीमा नेपाली युवाहरू विदेशिने क्रम रोकिएको छैन। वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म करिब ५ लाख ९० हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ प्रस्थान गरेका छन्।

यस अवधिमा करिब २ लाखले पुनः श्रम स्वीकृति लिएका छन् भने केही हजार नेपाली सरकार–सरकार (जीटुजी) सम्झौतामार्फत इजरायल, दक्षिण कोरिया र बेलायत गएका छन्। अधिकांश श्रमिक म्यानपावर कम्पनी र व्यक्तिगत प्रक्रियाबाट खाडी देश, मलेशिया, जापान तथा युरोपेली राष्ट्रहरूतर्फ गएका विभागले जनाएको छ।

चाडपर्वपछि र नयाँ वर्षसँगै निर्माण तथा सेवा क्षेत्रमा श्रमिकको माग बढ्ने भएकाले आगामी महिनामा विदेश जानेको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

विदेशिने संख्या बढेसँगै ठगीका घटनामा पनि वृद्धि देखिएको छ। विभागका अनुसार पछिल्ला ६ महिनामा वैदेशिक रोजगारीसँग सम्बन्धित ५ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्। सामाजिक सञ्जालमार्फत फैलिने अनधिकृत विज्ञापन र युरोप रोजगारीको प्रलोभनले युवाहरू ठगीको शिकार बन्ने गरेको अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्