Logo

अध्यक्ष ओली भन्छन्: चुनाव देशको भविष्य बनाउने अवसर हो



झापा, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनाव सामान्य चुनावमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन् ।

धुलाबारीमा बुधवार अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको बताए ।

झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने काम निर्वाचन आयोगले रोक्नुपर्ने उनको भनाइ थियो । साथै उनले प्रहरी प्रशासनलाई गैरकानुनी क्रियाकलाप रोक्न पनि आग्रह गरेका थिए ।

अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई कानुनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गरे । निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनावका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्