Logo

चुनाव लड्न भीम रावललाई एमालेले टिकट नै दिएन



काठमाडौँ, २१ असोज । नेकपा (एमाले)को दशौँ महाधिवेशनका केपी शर्मा ओलीसँग चुनाव लडेका भीम रावल आगामी प्रतिनिधिसभा चुनावमा टिकटबाटै बञ्चित भएका छन् ।

चितवनमा भएको दशौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा चुनाव लडेका रावललाई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले टिकट नदिएको हो ।

०७४ को निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट रावल निर्वाचित भएका थिए । रावल निर्वाचित क्षेत्रमा माओवादीबाट आएका झपड बोहोराले टिकट पाएको एक नेताले बताए ।

“भीम रावलजीले टिकट पाउने काम नै गर्नुभएन । एमालेकै खेदो खनेर बस्नुभयो,” सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एक नेताले भने, “उहाँले पार्टी केही पनि होइन, सबैथोक म नै हो भन्ने शैली देखाउनुभयो ।”

ती नेताले रावल निर्वाचित क्षेत्रमा झपट बोहोराले टिकट पाएको पुष्टि गरे । रावलले भने आफूलाई आधिकारिक जानकारी आइनसकेको बताए ।

एमाले अछामबाट एकल सिफारिसमा परेका रावलले भने आधिकारिक जानकारी पछि मात्रै प्रतिक्रिया दिने बताए । उनले सञ्चारमाध्यमबाट भने आफूले टिकट नपाएको सुनिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्