काठमाडौँ, ११ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाडौँ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौँडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता लागेको बताएका छन् ।







