Logo

गठबन्धनकाे बाटो निश्चित छैन, जनताले विश्वास गर्दैनन्: गुरुङ



मनाङ, १६ भदौ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टी बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गरेका छन् ।

मनाङको चौथो जिल्ला अधिवेशनलाई बिहीबार चामेमा सम्बोधन गर्दै पार्टीले बहुमत प्राप्त गरी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन् ।

आगामी निर्वाचनमा एकल बहुमतसहित विजय प्राप्त गर्न पार्टीले ‘एक संगठित सदस्य दुई नयाँ भोट बृद्धि र पाँच भोटको सुरक्षा’ अभियान अगाडि सारेको बताए ।

उनले भने, ‘गठबन्धनभित्र विश्वासको कमी छ । कुन बाटो जाने भन्नेमा अलमल छ । जनताले त्यस्तालाई विश्वास गर्दैनन् । उनीहरूको जित्ने आधार नै छैन । देश बनाउने मार्गचित्र, विचार, संगठन एमालेसँग मात्र छ। यसपटकको निर्वाचन बहुमतका साथ जित्नेमा हामी ढुक्क छौँ ।’

अहिलेसम्म गठबन्धनले प्रधानमन्त्रीको रुपमा कसलाई अघि सार्ने भन्ने टुङ्ग्याउन नसकेकाले यसले गठबन्धनप्रति प्रश्न उठेको बताए ।

प्रतिक्रिया दिनुहोस्