Logo

चुरे पहाडको संरक्षण हुनुपर्छ: यादव



विराटनगर, २८ जेठ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले तराईको हुलाकीमार्ग समयमै निर्माण नभएकाले चुरे पहाडको दोहन भइरहेको बताएका छन् ।

पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान समर्पण समारोहमा सम्मान ग्रहण गर्दै उनले अन्नको भण्डार मानिएको नेपालको तराई चुरे दोहनले समस्यामा परेको स्पष्ट पारेका छन् ।

उनले चुरेको संरक्षणले महाभारत र तराई पनि संरक्षित हुने कुरामा जोड दिँदै पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्बाट सम्मानित हुन पाएकामा गर्व महशुस भएको बताए ।

पूर्वराष्ट्रपति डा यादवले पिताजी कृष्णप्रसाद कोइराला समाजका परिवर्तक भएकाले उनको योगदानलाई नयाँ पिँढीले अध्ययन गर्नु आवश्यक रहेको चर्चा गर्दै देशको एकता र अखण्डतालाई कायम राख्न लोकतन्त्रको धरै ठूलो भूमिका रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्