Logo

चेल्सीका प्रशिक्षक टुचेललाई एक खेलमा प्रतिबन्ध



बेलायत, ४ भदौ । इङ्ग्लिस प्रिमियर लिगमा गएको आइतवार चेल्सी र टोटनह्यामबीच भएको विवादमा चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेलाई एफएले कारबाही गर्ने भएको छ ।

खेल चलिरहेका बेला र सकिएलगत्तै दुई प्रशिक्षकबीच विवाद भएको थियो । एफएले टुचेललाई एक खेलमा प्रतिबन्ध तथा ३५ हजार पाउन्ड जरिबाना लगाएको छ ।

त्यस्तै कोन्टेले भने १५ हजार पाउन्ड तिर्नुपर्नेछ । टोटनह्यामसँगको खेलमा चेल्सीले दुई पटक अग्रता लिए पनि खेल २-२ गोलको बराबरी भएको थियो ।

खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच भनाभन हुँदा रेफ्री एन्थोनी टेलरले दुवैलाई रातो कार्ड दिए । त्यसअघिको विवादमा उनीहरुले पहेँलो कार्ड पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्