Logo

चैत २६ गतेभित्र स्थानीय तहको रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन



काठमाडौँ, २३ चैत । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले निर्वाचन तालमेलका लागि स्थानीय तहको अवस्थाबारे २६ गतेभित्र रिर्पोट बुझाउन निर्देशन दिएको छ ।

बुधबार समितिका संयोजक रामचन्द्र पौडेले नेतृत्वमा बसेको बैठकले प्रदेश, जिल्ला लगायत निर्वाचनमा तालमेल संयन्त्रलाई रिर्पोट बुझाउन निर्देशन दिएको हो ।

“तल्लो तहमा विभिन्न संयन्त्र बनेका छन् । बैठक बसेर त्यहाँको स्थितिका बारेमा रिर्पोट कलेक्सन गरेर २६ गतेभित्र पठाउने भन्ने कुरा भएको छ,” माओवादीका नेता देव गुरुङले भने ।

गठबन्धनले पालिकासम्म निर्वाचनमा तालमेल संयन्त्र बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्