Logo

चैनपुर टयाक्टर दुर्घटना अपडेट: मृतकको सङ्ख्या तीन पुग्यो



सङ्खुवासभा, २५ असार । सङ्खुवासभाको चैनपुर नगरपालिका-१० मा टयाक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ ।

शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ टयाक्टर पल्टिएर टयाक्टर खाँदबारी-लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो । टयाक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

मृत्यु हुनेमा चैनपुर नगरपालिका-१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका-९ का वर्षीय ४६ को केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।

६६ वर्षीय भण्डारीको गएराति उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए । दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका छ जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्