नवलपरासी, २९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
नवलपरासी-१ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले यति बेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन्।
चुनावी घरदैलोका क्रममा उनले विकासका लागि राजनीतिमा आएको बताए । उद्योगपतिसमेत रहेका कांग्रेस नेता चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए । उनले विकासको लागि आफ्नो जित आवश्यक रहेका र मतदाताहरूले पनि यसपटक आफूलाई रुचाएको जिकिर गरेका थिए ।
कांग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेका छन् ।







