फ्रान्स, १५ जेष्ठ । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १-० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।
रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।