फ्रान्स, २९ चैत । युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी)लाई स्पेनिस टोली बार्सिलोनाले हराएको छ ।
घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको खेलमा पिएसजीलाई बार्सिलोनाले ३-२ ले हराएको हो ।
बार्सिलोनाको जितमा खेलको ३७ औँ र ६२ औँ मिनेटमा राफिन्हाले र ७७ औँ मिनेटमा एन्ड्रिज क्रिस्टेनसेनले गोल गरेका हुन् । पिएसजीका लागि खेलको ४८ औँ मिनेटमा ओस्मने डेम्बेलेले र ५० औं मिनेटमा भितिन्हाले गोल गरेका थिए ।
यसैबीच, गएराति भएको अर्को क्वाटरफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमन्डलाई २-१ ले हराएको छ ।
घरेलु मैदान सिभिटास मेट्रोपोलिटनो स्टेडियममा भएको खेलमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमन्डलाई हराएको हो ।
एट्लेटिको म्याड्रिडका लागि खेलको चौथो मिनेटमा रोड्रिगो डि पलले पहिलो गोल गरे । ३२ औँ मिनेटमा स्याम्युल लिनोले अर्को गोल थपे । बोरसिया डर्टमन्डका लागि सेबास्टेन ह्यालरले खेलको ८१ औँ मिनेटमा गरेको खोल बाहेक अरु गोल हुन सकेन । क्वाटरफाइनलको अर्को लेग अर्को हप्ता हुनेछ ।