Logo

छठ पूजा हेर्न गएका श्रेष्ठको छुरा हानी हत्या



मोरङ, १४ कात्तिक । मोरङको उर्लाबारीमा छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार हुँदा उनको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका-७ स्थित मावा खोलाको छठ पूजा हेर्न गएका झापाको दमक नगरपालिका-१० आमबाडीका धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गएराति १०:२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको र छुरा हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनको दाहिने कोखामा छुरा प्रहार भएको र बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्