Logo

छतमा सुकाएका लुगा उठाउन जाँदा लडेर पुनमको मृत्यु



महोत्तरी, १२ असार । महोत्तरी जिल्लाको गौशाला नगरपालिका-५ मा गएराति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका-४ सुगागाउँ घर भई हाल गौशाला-५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

गएराति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्