
काठमाडौँ, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सांसदहरुको संशोधन प्रस्ताव, राष्ट्रियसभाबाट प्राप्त प्रतिवेदन र समितिमा भइरहेका छलफलको मर्मका आधारमा विधेयक अघि बढाइनुपर्ने आवश्यकतामा जोड दिएकी छन् ।
प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उनले विधेयकमा वैँक नोट छपाइसम्बन्धी स्पष्ट परिभाषा समेट्न उपयुक्त हुने बताएकी छन् ।
मन्त्री शर्माले भन्नि, “अहिले सुरक्षण मुद्रण भनेर प्रकाशन गरेका बाहेक अरु सामग्री पनि छपाइका निम्ति आउन सक्ने भएकाले सरकारले सुरक्षण मुद्रणमा समावेश गरिने मुद्रण सामग्रीबारे स्पष्ट गर्न आवश्यक हुनसक्छ ।”
सङ्घीयतासम्बन्धी विषयमा संविधानले प्रदेशका अधिकार भनेर तोकिदिएका सवारी चालक अनुमति पत्रलगायत मुद्रणसम्बन्धी विषय यसमा परेको छ भने त्यसलाई हटाउन पर्ने बताउँदै मन्त्री शर्माले सुरक्षण मुद्रणको परिभाषामा समेटिएका विषयमा गहन छलफल गरी अघि बढ्न उपयुक्त हुने बताइन् ।
मन्त्री शर्माले ‘एटीएम’ र ‘रिचार्ड कार्ड’ भने बैंक तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीले जारी गर्नसक्ने भएकाले त्यो सुरक्षण मुद्रणमा नसकेटिन सक्छ भन्नि ।







