Logo

छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्य हुँदैन: रेग्मी



काठमाडौँ, २५ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन, केन्द्रीय महिला विभागले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० वर्षदेखि छलफल मात्रै हुने गरेको भन्दै वास्तविक रुपमा नै हिंसा अन्त्य गर्नका लागि घरघरबाटै अभियान चलाउनुपर्ने बताएकी हुन् ।

हिंसाको जरो घरभित्रै रहेकाले घरबाट नै हिंसा अन्त्यको अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ । मन्त्री रेगमीले महिला हिंसा घर, समाज, कार्यालय, राजनीतिक दललगायत हरस्थानमा महिला हिंसा रहेकाले यो समस्या महिला वा राज्यले मात्रै समाधान गर्न नसक्ने धारणा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्