काठमाडौँ, २८ असार । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधवार अर्थ मन्त्रालयसँग शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ ।
मङ्गलवार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागजात र विवरणका लागि मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए ।
उनले आजको बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि जानकारी दिए ।







