Logo

छिमेकी देशमा फेरि बढ्यो संक्रमण, सचेत रहौँ: स्वास्थ्य मन्त्रालय



काठमाडौँ ४ जेष्ठ । सरकारले छिमेकी देश भारतमा पछिल्ला दिन कोभिड-१९ संक्रमणदर बढेको भन्दै वेलैमा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा.संगीताकौशल मिश्राले नयाँ कोरोना भेरिएन्टको समेत जोखिम रहेको जानकारी दिइन् ।

उनले भनिन्, ‘पछिल्लो समय भारत र चीनमा कोरोना संक्रमण बढेको पाइएको छ, नयाँ भेरिएन्टको पनि जोखिम छ, त्यसैले हामी सबै सचेत रहौँ ।’

उनले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्न पनि आग्रह गरिन्। पछिल्ला दिनमा कोरोना संक्रमणका कारण लगाइएका कतिपय प्रतिबन्ध खुले पछि मानिसहरुमा सामान्य सावधान रहने कुरा समेत हट्दै गएको ।

प्रतिक्रिया दिनुहोस्