Logo

छोराको कुटाइबाट आमाको ज्यान गयो



धरान, ८ फागुन । छोराको कुटाइबाट घाइते भएकी धरान उपमहानगरपालिका-११ कुविर्ता चोककी रमनसरी राईको ज्यान गएको छ ।

रमनसरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रन्जन मिश्रले जनाकारी दिए ।

सोमबार साँझ मादक पदार्थ सेवन गरेका २९ वर्षीय दीपक राईले ४६ वर्षीय आमा रमनसरी राईलाई कुटपिट गरी घाइते बनाएका थिए । राई लागूऔषधकर्ता र मादक पदार्थ सेवन गर्ने भएकोले उक्त दिन पनि नशाको सुरमा कुटपिट गरेको र शरीरमा आन्तरिक दखल परी उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले बताए ।

उनका अनुसार राईलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी म्याद थप गर्न सुनसरी जिल्ला अदालत लगिएको छ । राई केही समय पहिले लागूऔषधमा पक्राउ परि छुटेको समेत इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्