Logo

जङ्गलमा लागेको डढेलो फैलिएपछि १४ हजारभन्दा धेरै सुरक्षित ठाउँमा सरे



फ्रान्स, २ साउन । जङ्गलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्समा १४ हजार जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ । फ्रान्सको दक्षिण पश्चिम जङ्गलमा डढेलो फैलिएको छ ।

नियन्त्रणभन्दा बाहिर गएपछि त्यहाँ घुम्न र छुट्टी मनाउनका लागि गएका पर्यटकलाई पनि फर्काउन थालिएको छ । डढेलो स्पेन, क्रोयसिया र ग्रीसमा समेत फैलिएको बीबीसीले जनाएको छ ।

आगलागीकै कारण स्पेनको मिजास पहाडी क्षेत्रका ३ हजार २ सयभन्दा धेरै नागरिक भागेका छन् । पछि केही फर्किएका खबरमा उल्लेख छ । पोर्चुगलको भू-भागमा भएको आगलागी भने अहिले नियन्त्रणमा आएको छ । डढेलो, तातो हावा र गर्मीले युरोपको जनजीवन कष्ट कर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्