
रुकुम पश्चिम, २९ असार । जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा पाँच जना बिरामी भएका छन् ।
बाँफिकोट गाउँपालिका-७ मग्मा नदुवाका आशिराम खत्रीसहित पाँच जना बिरामी भएका हुन् ।
आशिरामले मङ्गलवार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । आशिराम खत्रीसहित उनकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री बिरामी भएका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुकुमार सोतीले जानकारी दिए ।
उनका अनुसार बिरामी पाँचै जनालाई बुधवार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याइएको छ । बिरामीमध्ये आशिराम उनकी छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।







