Logo

जङ्गली च्याउ खाँदा १५ जना बिरामी, तीन जनाको अवस्था गम्भीर



बुटवल, १६ असार । बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार बुटवल-१२ नयाँगाउँका ६ जना र बुटवल ४-लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेका हुन् ।

उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ । अरु बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्