Logo

जडीबुटीसहित बागलुङमा दुई जना पक्राउ



बागलुङ, २६ फागुन । बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका-५ कारीगाउँका मिलन भण्डारी र निसीखोला-४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो । उनीहरुले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्