Logo

जनकपुरधामकाे मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी



जनकपुरधाम, ९ जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् ।

सत्ता गठबन्धनले जनकपुरधामको मेयर पदमा कांग्रेसको उम्मेदवार नउठाउने निर्णय गरेपछि पार्टीमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका साहले १३ हजार चार सय ६५ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवशंकर साहले नौ हजार पाँच सय ३२ मत पाप्त गर्दा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार लाल किसोर साहले पाँच हजार एक सय ९४ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा कांग्रेसका उम्मेदवार किशोरी साह १५ हजार पाँच सय २५ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्