Logo

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै



जनकपुर १ जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन् ।

उनले ८६९ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका उम्मेदवार शिवशङ्कर साहले ४६१ मत प्राप्त गरेका छन् ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २४४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले १६४ तथा जसपाका लालकिशोर साहले १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्