जनकपुरधाम, ९ असार । धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ ।
‘भारत गौरव एसी पर्यटक’ नामक रेल बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो ।
भारतको राजधानी नयाँ दिल्लीबाट मंगलबार साँझ छुटेको यो रेल रामायण सर्किटअन्तर्गत नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुरधामको रेल्वे स्टेशनमा आइपुगेको हो ।
रेल आएपछि भारतीय पर्यटकलाई मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो, जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितले स्वागत गरेका छन् ।