Logo

जनकपुर-जयनगर रेल सेवा उद्घाटन हुँदै



जनकपुर, १९ चैत । जनकपुर-जयनगर खण्डमा चल्ने रेलको आज उद्घाटन हुँदैछ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लागेका हुन् ।

आज दिउँसो दुवै प्रधानमन्त्रीले नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ । आज उद्घाटन भएपछि भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुई पटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो-पालो चलाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्