मेचीनगर, १४ जेष्ठ । मेचीनगर नगरपालिका वडा नं.६ का नवनिर्वाचित वडाध्यक्ष ललितबहादुर तामाङले जनताको सेवक भएर जनताको सेवामा लाग्ने बताएका छन ।
शुक्रबार पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष तामाङले जनताको सेवक भएर जनताको सेवामा लाग्ने बताएका हुन् ।
जनताको सेवामा कुनै कमि हुन नदिने उनले बताएका छन् । वडाअध्यक्ष तामाङले भने गत कार्याकालकमा भएको सेवालाई आत्मासाथ गर्दै थप जिम्मेवार भएर काम गर्ने बताए ।
वडाध्यक्ष तामाङले पहिलो दिन कर्मचारीहरुलाई सम्बोधन गर्दै कार्यलयमा सबै मिलेर जनताको सेवामा लाग्न आग्रह गरेका थिए । वडाका सचिव शम्भु पौडेलले वडाध्यक्ष तामाङलाई खादा अविर लगाएर स्वागत गरेका थिए ।
वडाध्यक्ष तामाङलाई पद्मा लुईटेल, राजेन्द्र कार्की, कमल मेचे, राजु बास्तोला, शम्भु मलिक, रमेशकुमार खतिवडा, मुना राईलगायतले खादा र अविर लगाएर स्वागत गरेका थिए ।
उक्त कार्यक्रम वडा कार्यलयका कर्मचारी कृष्णकुमारी सुबेदीले सञ्चालन गरेकी थिइन् ।