Logo

जनताका कारण देश बिग्रियो: अध्यक्ष लिङ्देन



इलाम, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका कारण देश बिग्रिएको आरोप लगाएका छन् ।

नेता मात्र चोर नभएको तिनै नेतालाई भोट हाल्ने जनताका कारण देश बिग्रिएको उनले आरोप लगाएका हुन् ।

इलाममा भएको बृहत पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेताहरुलाई मात्र चोर भनेर हुन्छ, यो काम बिगार्न तपाई सहभागी भइराख्ने’। यो देश बिगार्ने काममा तपाई पनि सहभागी हुनुहुन्छ भन्ने कुरामा तपाईले बुझ्नुपर्छ ।’

परम्परागत रुपमा नै पुर्खाले जुन पार्टीलाई भोट लगाएको अर्को पुस्ताले पनि सोही पार्टीमा भोट हाल्ने परम्पराले पनि देश विकास हुन नसकेको उनको भनाई छ । लिङ्देनले देश समृद्धि र विकासतर्फ उन्मुख गराउन पार्टी भन्दा पनि उम्मेदवारको नीति, सिद्धान्तलाई हेरेर भोट हाल्न उनले आग्रह गरेका छन् ।

हाल देशका ठूला भनाउँदा कांग्रेस र कम्युनिष्ट पार्टीका कारण देशमा भ्रष्टचार र विकृति मौलाइएकाले जनताले दुस्ख पाएको बताउँदै लिङ्देनले व्यवस्थामा परिवर्तन र सुधारका लागि आगामी मंसिर ४ मा विचार गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्