Logo

जनताको अभिमतको सम्मान गर्नु जनप्रतिनिधिको जिम्मेवारी: ओली



झापा, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा झापा-५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित ¥यालीलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

उनले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उनको भनाइ थियो । अध्यक्ष ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गरेका छन् ।

उनले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाएपनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्