बुटवल, १६ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताएका छन् ।
उनले सङ्घीय लोकतान्त्रि गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चरणका सबै निर्वाचन सम्पन्न भएर तीन तहमै नयाँ सरकार आइसकेको अवस्थामा रोजगारीका लागि विदेशिनुपर्ने र जनताले आफ्नो कामका लागि भनसुन गर्न नेताकहाँ धाउनुपर्ने गलत प्रणालीका अन्त्य जनताको मुख्य चाहना रहेको बताएका हुन् ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, नेपालको तेस्रो केन्द्रीय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रष्ट्राचार, जनताको मतको दुरुपयोग र सिद्धान्त बेचेर कुर्सीका लागि हानथाप गर्नेजस्ता कुराको अन्त्य हुनुपर्ने बताए । “हाम्रा अग्रजहरू देशका लागि बलिदानी दिएर मर्न तयार भए, अब मर्न होइन, देशका लागि केही गर्न तयार हुनुप¥यो”, उनले भने, “आफ्ना लागि होइन, देशका लागि गर्न तयार हुनुप¥यो, तपाईँहरूजस्ता कलाकारले सङ्गीतका माध्यमबाट सचेत गराउनु¥यो ।”
उनले भाषा, कला र संस्कृति हाम्रा पहिचान रहेको बताउँदै यति धेरै भाषाभाषी र कला, संस्कृति कहीँ पनि नभएको र यो हाम्रो पहिचान भएको बताए । यस्ता कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढाउने कुरामा ध्यान दिनु जरुरी रहेको उनले उल्लेख गरेका थिए ।







