
काठमाडौँ, १३ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ विश्वमा मार्गदर्शन बन्न सक्ने बताएका छन् ।
मदन जयन्तीको अवसरमा प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ बिषयक अन्तरसम्वाद कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।
पोखरेलले भने, ‘मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, जनताको विश्वास जितेर जनताकै सेवा गर्ने विश्वकै नमुना सिद्धान्त हो, यदि यो कुनै विकसित देशमा प्रतिपादन भएको थियो भने विश्वकै मार्गदर्शन बन्न सक्थ्यो ।’
महासचिव पोखरेलले जनताको बहुदलीय जनवाद (जबज)ले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि जबजको लाइनमा आएको बताए ।







