Logo

जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यक: पौडेल



रुपन्देही, १८ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन् ।

शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा आसन्न निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको सुरुवात गर्दै उनले विशासको मार्गमा देशलाई अघि बढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधिनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताए ।

उनले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन अनिवार्य रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्