Logo

जनताको विश्वास जित्ने कुरामा ध्यान दिनुपर्छ: अध्यक्ष नेपाल



काठमाडौँ, २१ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको विश्वास जित्ने कुरामा ध्यान दिनुपर्ने बताएका छन् ।

उपाध्यक्ष बेदुराम भुसालद्वारा लिखित ‘जनताको बहुदलीय जनवाद’को ऐतिहासिक विकासक्रम नामक पुस्तक विमोचन गर्दै जनक्रान्तिपछि संविधान बनाउनु मात्रै परिवर्तन भएको बताएका हुन् ।

उनले जबजलाई समाप्त पार्न लाग्ने विचारलाई ठिक भन्न नसकिने पनि बताए ।

“जनताको विश्वास जित्ने कसरी भन्ने कुरा बेग्लै हो । तर, विचार नै परित्याग गरेर हिजो पनि जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भन्ने, आज पनि यसलाई समाप्त पार्न लाग्ने विचारलाई किमार्थ ठिक भन्न सकिँदैन,” नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्