Logo

जनताको विश्वास बोकेको पत्रकारिता स्वच्छ हुनुपर्छ: कार्की



विराटनगर, २० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भरोसा र विश्वास बोकेको पत्रकारिता स्वच्छ हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित ‘विश्व प्रेस स्वतन्त्रता दिवस एवं अग्रज पत्रकार सम्मान-२०८०’ को उद्घाटन गर्दै उनले कलमदेखि बन्दुक डराउने र पत्रकारिताबाट शासक पनि डराउने तर्क गरेका थिए ।

मुख्यमन्त्री कार्कीले गाउँघरमै सिंहदरबारको अनुभूति भइरहेको अवस्थामा प्रदेश संरचना खारेज हुनुपर्ने विभिन्न कोणबाट उठिरहेको आवाज न्यायसम्मत नभएको बताए । उनले कोशी प्रदेशमा पाँच वर्षमा नौ सय किमी बाटो निर्माण भएको, भवन, कल्भर्टजस्तै विद्यालय व्यवस्थापन एवं सुधारको क्षेत्रमा धेरै काम भएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले संविधान र कानुनसम्मत प्रदेशको नाम कोशी भएको चर्चा गर्दै प्रदेशको नाम परिवर्तन गर्न संविधान र कानुनकै बाटो पहिल्याउनुपर्ने धारणा राखे । उनले कोशी प्रदेश नामकरणविरुद्ध भएको प्रदर्शनी शान्तिपूर्वक नभई हिंसात्मक भएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्