सुनसरी, २५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासबिनाको राजनीति खोक्रो भाषणमात्र हुने बताएका छन् ।
सुनसरीको बराह क्षेत्र नगरपालिका-७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा आज आयोजित प्राध्यापक सङ्घको पदभार ग्रहण तथा बस उद्घाटन कार्यक्रममा उनले जनताको सेवा र देशको समृद्धिका लागि आफू राजनीतिमा लागिपरेको बताए ।
मन्त्री कार्कीले जनताको सेवा गर्न राजनीतिमा प्रवेश गरेको बताउँदै आफूले बोलेको कुरा पूरा गर्दै आएको दाबी गरे । विकासबिनाको राजनीति जनताका लागि धोका हुने बताउँदै उनले आफूले जनतासामु गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गरेका हुन् ।







