Logo

जनताभन्दा माथि कोही छैन: ओली



काठमाडौँ, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता भन्दा माथि कोही नहुने बताएका छन् ।

उनले आफ्नो पार्टीले नागरिकले दिएका आदेश मान्ने दाबी गरेका छन् । पत्रकार सम्मेलन गर्दै उनले एमाले मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको दाबी गर्दै नेपाली कांग्रेस लगायत अन्य पार्टीको आलोचना गरेका छन् ।

ओलीले राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य नभएको भन्दै विकास र समृद्धिको गति लिइरहेका बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप पनि लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्