Logo

जनतामाथि गोली चलाएर केबलकार बनाउन जरुरत छैन : राजेन्द्र लिङ्देन



काठमाडौँ, २० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा केबलकार बनाउने नाममा ज्यादती गरेको भन्दै त्यसलाई अहिले बनाउन जरुरत नभएको बताउनुभएको छ ।

‘केलबलकार स्थापना गर्ने नाममा जुन प्रकारको ज्यादती सरकारबाट भइरहेको छ, म त्यसको निन्दा गर्न चाहान्छु,’ आइतबार पार्टी कार्यालयमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै उहाले भन्नुभयो, ‘म सरकारसँग आग्रह गर्न चाहान्छु–कुनै व्यापारीको फाइदाका लागि, केही राजनीतिक नेताहरूको कमिसनका लागि, केही राजनीतिक नेताको सेयर सुरक्षाको लागि जनतामाथि गोली चलाइ चलाइनकन, जनतामाथि निर्मम दमन गरीकन त्यो केबलकार अहिले बनाउन जरुरत छैन।’

केबलकार निर्माणले स्थानीय मौलिकतामा हानी नगर्ने निश्चित भएपछि मात्रै त्यसलाई अगाडि बढाउनुपर्ने मत लिङ्देनको छ। ‘उहाले भन्नुभयो, ‘त्यसले स्थानीय जनतालाई कति फाइदा गर्छरु त्यसले त्यहाँको मौलिकताको सुरक्षा गर्छ कि गर्दैनरुत्यहाँको सनातन परम्पारमाथि आक्रमण हुन्छ कि हुँदैनरु सनातन परम्पराको सुरक्षा हुन्छ कि हुँदैनरुत्यसको विश्लेषण गरेर मात्रै यस्ता विषयहरू अगाडि बढाउनुपर्छ।’

केबलकार निर्माण प्रक्रिया तत्काल रोक्न र आतंकको वातावरण अन्त्य गर्न लिङ्देनले सरकारसँग आग्रह समेत गनुभयो। ‘त्यसकारण त्यो केबलकार निर्माण प्रक्रिया तत्काल रोक्न र त्यहाँबाट सुरक्षाकर्मी फिर्ता गरेर सहज वातावरण स, जनजीवनलाई सहज बनाउन र आतंकको वातावरणको अन्त्य गराउन म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उहाले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्