Logo

जनताले दिएको मतको सम्मान गर्छु: भुसाल



काठमाडौँ, ८ मंसिर । ललितपुर क्षेत्र नं.३ मा माओवादीको तर्फबाट प्रतिस्पर्धी पम्फा भुसालले प्रतिनिधिसभा सदस्यमा विजयी तोसिमा कार्कीलाई बधाई दिएकी छिन् ।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर भुसालले तोसिमालाई सफल कार्यकालको शुभकामना दिएकी हुन् ।

उनले निर्वाचनमा पराजित भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, समावेशी, समानुपातिक प्रतिनिधित्व लगायत परिवर्तनलाई थप संस्थागत गर्दै जनताको आर्थिक उन्नति र देशको संमृद्धिको लागि गरिने हरेक सकारात्मक कार्यमा सहयोग रहने बताएकी छिन् ।

उनले आफूलाई मत दिने मतदातालाई आभार प्रकट गरेकी छिन्। ‘मलाई विश्वास गरेर मत दिनुहुने जनताप्रति आभारी छु।’ यो निर्वाचनमा जनताले दिएको मतको हार्दिक सम्मान गर्दछु’, उनले लेखेकी छिन्, ‘साथै ललितपुर-३ र सिङ्गो नेपालको विकास र जनताको समृद्धिको लागि सदैव यहाँहरूको साथमा हुनेछु।’

प्रतिक्रिया दिनुहोस्