Logo

जनताले महसुस गर्न सक्ने गरी प्रदेशले काम गर्छ: कार्की



विराटनगर, ९ माघ । प्रदेश-१ का मुख्यमन्त्री हिक्मत कार्कीले नेपालको संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेशका संरचना जनताले महसुस हुने गरी निर्माण र कार्यान्वयन गर्दै जानुपर्ने बताएका छन् ।

सोमबार विराटनगरमा प्रदेश लोकसेवा आयोगको तेस्रो वार्षिक उत्सव कार्यक्रममा बोल्दै कार्कीले समय चुनौतीपूर्ण रहेको बताउदै अबको कार्यकाल थप प्रभावकारी बन्ने बताए ।

उनले भने, “आयोगको कानुन बनाउंदै गर्दा धेरै प्रश्न उठेका थिए तर छलफलपछि ऐन जारी भएको थियो ।” प्रदेशप्रति सौतेली व्यवहार र आग्रह पूर्वाग्रही सोच राखिने गरेको भएपनि प्रदेश संरचना जनताले महसुस गर्न सकिने गरी अगाडि बढाइने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई अझ व्यवस्थित गर्ने चुनौती रहेको भन्दै जनता, संघीय सरकार र स्थानीय तहले प्रदेशलाई सहयोग गर्नुपर्ने बताए । प्रदेश जनताका लागि नै हो भन्ने दिलाउन सके मात्र प्रदेश दह्रो हुने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्