Logo

कसैले सूचना लुकाउन खोजे मलाई खबर गर्नु: साम्पाङ



सुनसरी, २७ जेठ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनताले मागेका कुनै पनि सार्वजनिक सूचना दिइने बताएका छन् ।

उनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत कसैले सूचना लुकाउन चाहे आफूलाई खबर गर्न पनि आग्रह गरेका छन् ।

साथै साम्पाङले अबदेखि हरेक कुरा लाइभ हुने पनि बताएका छन् । तर के कुराको लाइभ गर्ने भन्ने स्पष्ट पारेका छैनन् ।

‘हरेक कुरा लाइभ हुनेछ आइन्दा! जनताले मागेका जुन सुकै सार्वजनिक सूचना दिइने छ ! कसैले लुकाउन चाहे मलाई भन्नु!,’ उनले भनेका छन ।

प्रतिक्रिया दिनुहोस्