Logo

जनतासँग गरिएका बाचा पाँच वर्षमा पूरा गर्छौँ: उपसभापति खड्का



सुर्खेत, २४ चैत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् ।

आज नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयक प्रशिक्षण कार्यक्रममा उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिले नै पार्टीलाई बिर्सन थालेको अनुभूति हुँदै गएको गुनासो गरेका थिए ।

उनले विधानमा व्यवस्था भएअनुसार जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच नियमित मासिक बैठक बस्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।

“जित्नका लागि पार्टीको टिकट चाहिने, जिताउन सिङ्गो पार्टीपङ्क्ति चाहिने, कार्यकर्ताले निर्वाचन अवधिभर पसिना बगाउनुपर्ने तर चुनाव जितेपछि पार्टी बिर्सने गर्नु हुँदैन”, उनले भने । उपसभापति खड्काले निर्वाचित भइसकेपछि पार्टी, पार्टीपङ्क्ति र कार्यकर्तालाई भूल्ने परिपाटीको अन्त्य हुन जरूरी रहेको बताए ।

“निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच छलफल भएर गरिएका निर्णयमा पार्टीको पनि अपनत्व हुन्छ”, उनले भने, “यसले पार्टी सङ्गठन निर्माणमा पनि महत्वपूर्ण काम गर्छ ।”

प्रतिक्रिया दिनुहोस्