Logo

‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्’



काठमाडौँ, ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टहरुको प्रयास नभएको भए देश आज संघिय लोकतान्त्रीक गणतन्त्रमा जान सम्भव नभएको जनाएका छन् ।

आज (बिहीबार) पोस्टबहादुर बोगटीको स्मृति पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले भने, हामी सबैलाई थाहा भएकै कुरा हो । माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टहरुको प्रयास नभएको भए देश आज संघिय लोकतन्त्रीक गणतन्त्रमा जान सम्भव थिएन । यो कुरा नेपालको राजनिती र इतिहासमा स्थापित सत्य हो, जसलाई नकार्न सकिदैन ।

‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्,’ उनले भने, ‘देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’ उनले पार्टी एकतावद्ध भई नेताहरू जनताका बीचमा जानुपर्ने पनि बताए । ‘यसो गरियो भने हामी देशको एक नम्बर कम्युनिष्ट पार्टी हुन्छौं,’ उनले भने।

‘आफ्नो स्वार्थ र हितलाई सर्वोपरि ठाने पार्टी कमजोर हुन्छ । देश पनि कमजोर हुन्छ,’ उनले भने, ‘संविधान नै प्रतिगमनतिर जाने खतरा हुन्छ ।’ उनले आफू जनयुद्धमाभन्दा पनि अहिले पार्टीका लागि खटिरहेको र अरू नेता तथा कार्यकर्ताहरू पनि पार्टी काममा खट्नुपर्ने बताए ।

साथै, स्थानीय चुनावमा पार्टीभित्र र गठबन्धनबाट प्राप्त शिक्षा र अनुभवसहित मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए

प्रतिक्रिया दिनुहोस्