Logo

जनता बचाउने र राहत तथा उद्धारका काम गरिरहेका छौँ: श्रेष्ठ



काठमाडौँ, ७ असार । उपप्रधान एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सरकारले अहिले जनता बचाउने र राहत उद्धार तथा कनेक्टिभिटी अघि बढाउने गरी काम गरिरहेको बताएका छन् ।

दिगो विकास तथा सुशासन समिति बैठकमा उनले यसपटक विपद्मा तत्काल ‘रेस्पोन्स’ गरिएको बताए ।

“सहसचिवको नेतृत्वमा कमान्ड पोस्ट तयार गरेका छौँ,” उनले भने, “११ स्थानमा मानवीय सहायता स्थल, २३ वटा डुंगा तयार राखेका छौँ, एम्बुलेन्स तथा आवश्यक तयारी छ ।”

हवाई उद्धारका लागि सेनाले तीनवटा हेलिकप्टर तयारी अवस्था राखेको भन्दै थप एक तयारीमा राख्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्