चितवन, १४ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाइ भएको बताएका छन् ।
एकहत्तरौँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरेका हुन् ।
एमाले चितवनका जनप्रतिनिधि सहभागी उक्त कार्यक्रममा उपमहासचिव ज्ञवालीले लोकतन्त्रको जगमा जनतालाई समृद्ध बनाउनुुपर्ने बताए । उनले भने, “जनतालाई समृद्ध जीवन दिन सक्छौँ कि सक्दैनौँ, आज हाम्रा सामुको अग्निपरीक्षा यही हो ।” जनप्रतिनिधिलाई विकास र समृद्धिको संवाहक बन्न उनले आग्रह गरेका छन् ।







