Logo

जनप्रतिनिधि र कर्मचारीको कारण सेवग्राहीहरुले समस्या भोग्नु नपरोस्: तामाङ



मेचीनगर, २९ माघ । प्रदेश १ का सांसद गोपाल तामाङले अबको चार वर्षमा देखिने गरिको एउटा राम्रो काम भएपनि गर्न आग्रह गरेका छन् ।

आइतबार मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाकोे दोस्रो बैठकको प्रमुख अतिथि समेत रहेका तामाङले नगरपालिका जनसंख्याको हिसाबले देशकै ठुलो नगरपालिका भएपनि सेवाग्राहीको काममा भने ढिलासुस्ती हुने गरेको बताएका हुन् ।

‘यहाँका सबै दलहरुले नगरपालिकासँग हातेमालो गरिरहनु भएको अवस्था छ’, सांसद तामाङले भने ‘दलहरुबाट कुनै छेकवार छैन । तर जनप्रतिनिधि र कर्मचारीको कारण सेवग्राहीहरुले समस्या भोग्नु नपरोस् ।’

मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी अध्यक्षतामा भएको बैठकमा प्रदेश १ की सांसद सबिना बजगाईं, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, राप्रपा मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अवसरमा नेपाली कांग्रेसका नगर सभापति सुदय पनेरु, राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर अध्यक्ष भिमबहादुर कुँवर, १५ वटै वडाका जनप्रतिनिधी तथा सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्