Logo

जनमत पार्टीका कार्यकर्ताले जलाए राष्ट्रपतिको पुतला



सिरहा, ५ असोज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन् । बुधबार सिरहामा पुतला जलाइएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण नगरिएको भन्दै विरोध प्रदर्शन र पुतला दहन गरिएको राउतको फेसबुकमार्फत जनाइएको छ ।

“नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको असंवैधानिक कदमको विरोधमा जनमत पार्टीद्वारा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुतला दहन,” फेसबुकमा लेखिएको छ, “एमाले, कांग्रेस नसच्चिए मधेस प्रवेशमा रोक लगाइने ।”

प्रतिक्रिया दिनुहोस्