Logo

जनमत पार्टी सरकारमा सहभागी हुँदै



फाइल तस्बिर

काठमाडौँ, २७ साउन । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रबाट सरकारमा गएकामध्ये एक जनालाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउन लागिएको हो ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका खानले रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्