बुटवल, ३० चैत । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चाले संघीयताको खारेज गर्नुपर्ने मागसहितको चुनावी घोषणापत्र ल्याएको छ ।
आज बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
उक्त कार्यक्रममा वितरण गरिएको प्रेस वक्तव्यमा घोषणापत्रबारे भनिएको छ, “राष्ट्रिय जनमोर्चाले २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मूल नारा ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ तय गरेको छ । संघीयता खारेज गरौँ भन्ने मूल नाराअन्तर्गत राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।”